चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली

चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो ।

आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीकाे भनाइ छ । नेत्रविक्रम चन्द विप्लवकै कारण चुनाव रोकिने हो भने विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको आराेप लगाउँदै कांग्रेस भिजन र सिद्धान्तविहीन पार्टी भएकाले यसको भविष्य नरहेको जिकिर गर्नुभयोे । उहाँले ‘सिद्धिन लागेका’ पुष्पकमल दाहाल प्रचण्डलाई ५३ सिटमा पुर्‍याए पनि आखिर डसेर गएको दुखेसो गर्नुभयोे ।

Europass CV in Nepal

अध्यक्ष ओलीले बाटो, बिजुली र सञ्चार विकासको मुख्य मेरुदण्ड रहेको भन्दै यी विना कुनै काम सम्भव नरहेको बतउनुभयो ।

 

Europass CV in Nepal