मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यौन दुर्व्यवहारको आरोपबारे केशव स्थापितको जवाफ-‘विवादमा नआउने नि केशव स्थापित हुन्छ ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । यौन काण्डमा मुछिएका काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले आफूमाथि लगाइएको यौन दूव्र्यवहार आरोपको सजिलै उत्तर दिएका छन् ।

सोमबार महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारले सोधेको यौन दूव्र्यवहार आरोपको उत्तर दिदै स्थापितले भने, ‘विवादमा नआउने नि केशव स्थापित हुन्छ ?’

आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनअन्तर्गत काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका स्थापितमाथि चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी र एक पत्रकारले आफूमाथि यौन दूव्र्यवहार भइको आरोप लगाएका थिए ।

आफूमाथि यौन दूव्र्यवहार भएको भन्दै उनीहरुले उक्त घटना सार्वजनिक गरेका थिए । काठमाडौंको पूर्वमेयरसमेत रहेका स्थापितलाई पत्रकारले विगत कोट्याउँदा उनले हाँस्दै त्यसको सजिलै उत्तर फर्काए, उनका समर्थकले ताली बजाए ।

उनले भने, ‘आजकल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन । विवादमा नआउने नि केशव स्थापित हुन्छ ?’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।