यस्तो छ घोराहीमा गठबन्धनको कार्यक्रम तालिकाः २० गते रामपुरमा आमभेला

यस्तो छ घोराहीमा गठबन्धनको कार्यक्रम तालिकाः २० गते रामपुरमा आमभेला

घोराही, १४ वैशाख।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी सत्त गठबन्धन दलहरुले घोराही उपमहानगरपालिकाको कार्यक्रम तालिम सार्वजनिक गरेको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले वैशाख १५ देखी २० गतेसम्मको कार्यक्रम तालिम सार्वजनिक गरेको हो ।

समितिको निर्णय अनुसार उपमहानगरपालिकाको विभिन्न वडाहरुमा कार्यक्रम तय गरिएको समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले जानकारी दिनुभयो । वडा स्तरमा उपमहानरपालिकाका प्रमुख र उपप्रमुख पदका उमेद्वारहरुको उपस्थितिमा कार्यक्रमकालागी मिति र समय तय गरिएको उहाँले बताउनुभयो ।

जस अनुसार वैशाख १५ गते वडा नम्बर ६ मा विहान ८ बजे, वडा नम्बर ५ मा विहान १० बजे, वडा नम्बर ७ मा दिउसो २ बजे, वडा नम्बर १० मा दिउसो ४ बजे कार्यक्रमहरु हुनेछ । वैशाख १६ गते वडा नम्बर १७ मा विहान ७ बजे, वडा नम्बर १८ मा विहान १० बजे, वडा नम्बर १३ मा दिउसो २ बजे, वडा नम्बर १६ मा दिउसो ४ बजे कार्यक्रम हुने छन् । यस्तै वैशाख १७ गते वडा नम्बर ४ मा विहान ८ बजे, वडा नम्बर ३ मा विहान १० बजे, वडा नम्बर १ मा दिउसो १ बजे, वडा नम्बर २ मा दिउसो १ बजे र वडा नम्बर १८ मा बेलुका ५ बजे कार्यक्रमहरु गर्ने तय गरिएको छ ।

Europass CV in Nepal

वैशाख १८ गते वडा नम्बर ८ मा विहान ८ बजे, वडा नम्बर ५ मा विहान १० बजे, वडा नम्बर ९ मा दिउसो १२ बजे, वडा नम्बर ११ मा दिउसो २ बजे र वडा नम्बर १२ मा दिउसो ४ बजे कार्यक्रमकालागी समय तय गरिएको छ । यस्तै वैशाख १९ गते वडा नम्बर १९ मा विहान ७ बजे, वडा नम्बर १८ मा विहान ११ बजे, वडा नम्बर १३ मा दिउसो २ बजे, वडा नम्बर १२ मा दिउसो ४ बजे र वडा नम्बर १२ मा बेलुका ६ बजे कार्यक्रमकालागी समय तय गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।

वैशाख २० गते घोराही उपमहानगरपालिका वडा नम्बर २ मा आम सभा हुने भएको छ । समितिको निर्णय अनुसार उपमहानगरपालिकाको तीन स्थानमा आमसभा गर्ने योजना रहेको र सोही अनुसार पहिलो आमसभा २० गते दिउसो २ बजे घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा हुने समितिमा सहसंयोजक तुल्सी डाँगी (मिलन) ले जानकारी दिनुभयो ।

Europass CV in Nepal