हप्तामा दुई दिन विदाको निर्णयले कर्मचारी खुसी

हप्तामा दुई दिन विदाको निर्णयले कर्मचारी खुसी

१४ वैशाख, काठमाडौं । जेठदेखि शनिबार र आइतबार दुई दिन विदा दिने सरकारको निर्णयप्रति कर्मचारीले खुशी व्यक्त गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १ जेठदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म कायम गरिएको छ ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले सरकारको निर्णयले कर्मचारीतन्त्रमा खुसीयाली छाएको बताए । उनले सरकारी खर्च नबढ्ने गरी गरेको निर्णयमा विरोध गर्नुपर्ने कारण नभएको बताए ।

Europass CV in Nepal

यस्तै एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि सरकारी साधनको दुरुपयोग नहुँदा विदा प्रभावकारी हुने बताउँछन् ।

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्य घण्टा नघट्ने गरी सरकारले दिएको विदा ठीकै हो । सेवाग्राहीलाई कार्यघण्टा अनुसार सेवा दिए राम्रै हुन्छ । यसमा कर्मचारी खुसी नै छन्,’ उनले भने ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले पनि कर्मचारीलाई सरकारले दिएको विदाले खुसी दिएको बताए ।

‘सेवा दिने समय कार्यघण्टा अनुसार घट्दैन । त्यसकारण यो प्रभावकारी हुनसक्छ । दुई दिनको विदाले कर्मचारी उत्साहित हुन्छन्’, उनले भने, ‘हामीसँग छलफल गरेर निर्णय नभए पनि यसले राम्रै गर्ला । सरकारले अध्ययन गरेर नै निर्णय गरेको होला ।’

Europass CV in Nepal