हेमराज र भूपबहादुरको प्रतिबद्धता – ‘आगामी ५ वर्षमा घोराहीलाई विकसित, समृद्ध र सुखी बनाउछौं’

हेमराज र भूपबहादुरको प्रतिबद्धता –  ‘आगामी ५ वर्षमा घोराहीलाई विकसित, समृद्ध र सुखी बनाउछौं’

घोराही, १५ वैशाख । देशको सबैभन्दा ठूलो उपमहानगर पालिका घोराहीमा अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको पाँच दलीय गठबन्धनले केन्दीय सहमति अनुरुप साझा उम्मेदवारलाई अघि सारेको छ ।

घोराही नगरपालिकामा गठबन्धनका तर्फवाट साझा उम्मेदवारको रुपमा मेयरमा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा पोखरेल र उपमेयरमा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले मनोनयन गरेका छन् ।

घोराहीमा उम्मेदवारी मनोनयनपछि दुई दिनसम्म आन्तरिक तयारी र प्रशिक्षण भेला गरेका गठबन्धनका उम्मेदवारहरु बैशाख १५ देखि औपचारिकरुपमा चुनावी अभियानमा जुटेका छन् ।

Europass CV in Nepal

बैशाख १५ गते विहान घोराहीको वडा नं ६ गुरुवा गाउँमा सो वडाका अध्यक्ष र सदस्यका उम्मेदवारसहित उप महानगरका मेयर र उपमेयरका उम्मेदवारले गाउँसभालाई सम्वोधन गरे । दिउसो वडा नं ५ धर्ना हुँदै वडा नं ७, वडा नं १० र साझ वडा नं १६ का चुनावी सभालाई सम्बोधन गरेका मेयर र उपमेयरका उम्मेदवार हेमराज र भूपबहादुर गठबन्धनको जितप्रति विश्वस्त देखिन्थे ।

विहानदेखि साझसम्म जनभेटघाट र चुनावी सभामा व्यस्त गठबन्धनका मेयर उपमेयर दुवैको एउटै उद्देश्य देखिन्थ्यो, कसरी घोराहीको मुहार फेर्ने । आगामी ५ वर्षमा घोराहीलाई समृद्ध, विकसित र सुखी बनाउने योजना हेमराज र भूपबहादुरले प्रस्तुत गर्दा जनता र पार्टी कार्यकर्ताले गडगडाहट तालीले समर्थन जनाइरहेका थिए । गठबन्धनका तर्फवाट यो जोडीले चुनाव जितेमा घोराही उपमहानगरपालिकाको मुहार फेरिनेमा मतदाताहरु विश्वस्त देखिन्थे ।

गुरुवामा गठबन्धनको चुनावी सभामा भाषण सुनिरहेका ६३ वर्षीय नरुलाल चौधरीले यसपटक त आफूले कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई नै भोट दिने बताए । उनले यसअघि एमालेलाई मेयरमा जिताए पनि गाउँको विकास र जनताको पक्षमा कुनै काम नभएकाले अव नयाँ उम्मेदवारलाई मौका दिनुपर्ने वताए । सोही कार्यक्रममा भाषण सुनिरहेका अर्का मतदाता राजबहादुर ओलीले यस पटक कांग्रेस, माओवादीसहितको गठबन्धनका उम्मेदवारलाई जिताएमा घोराही उपमहानगरका सबै गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे ।

धर्नाको सभामा सहभागी मतदाताहरुले पनि यस पटक गठबन्धनका उम्मेदवारले जिते मात्र गाउँ गाउँमा विकास र समृद्धी आउने वताउछन् । स्थानीय युवा मतदाता नारायणी खनालले अव कांग्रेस र माओवादीका साझा उम्मेदवारलाई घोराही उपमहानगरमा जिताए मात्र जनताका समस्या समाधान हुने वताइन । उनले एक पटक आफूहरुले मौका दिँदा जनताका काम गर्न नसकेर फेल भइसकेको मान्छेलाई एमालेले फेरि मेयरमा उठाएकाले आफूहरुले केही गरौं भन्ने आट र योजना भएका हेमराज र भूपबहादुरको जोडीलाई मेयर र उपमेयर बनाएर उपमहानगरका सबै वडाको मुहार फेर्न चाहेको बताइन ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट मेयरको उम्मेदवार उठेर निकटतम प्रतिद्धन्दी भएका भूपबहादुर डाँगी अहिले उपमेयरको उम्मेदवार बनेका छन् । आफ्नो व्यक्तिगत चाहनाभन्दा गठबन्धनको आवश्यकता, मतदाता एवम् पार्टीका सबै साथीहरुको आग्रहमा घोराहीमा केही काम गरौ भन्ने भावनाले उपमेयरमा उम्मेदवार बनेको उनले वताए ।

उनले गठबन्धनका तर्फवाट माओवादीले अत्यन्तै भद्र, मिलनसार, बौद्धिक व्यक्तित्व हेमराज शर्मालाई मेयरको उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै आफूहरुको जित नै जनताको जित हुने बताए । उनले गठबन्धनवाट आफूहरुले जितेमा भ्रष्टाचार हुन नदिने, विकास निर्माणका कामलाई तिव्रता दिने र जनताका समस्याहरु सम्बोधन गरिने विश्वास दिलाए ।

बिहीवार दिनभरको चुनावी सभा सकेर फर्कदै गर्दा मेयरका उम्मेदवार हेमराज शर्माले हामीसँग कुरा गर्दै भने ‘समृद्ध उपमहानगरपालिका निर्माण गर्नुपर्ने जिम्मेवारीका लागि हामी साझा उम्मेदवारसहित जनताका बीचमा आएका छौं र घोराही उपमहानगरलाई बदल्ने योजना हामीसँग छ । म आफू मात्रै विजयी हुनेभन्दा नेपाली काँग्रेसको तर्फबाट उपमेयरका उम्मेदवारसहित वडाहरूमा उम्मेदवार हुनुभएका गठबन्धनका सबै साथीहरूलाई विजयी गराउन मतदातामा आग्रह गर्दछु ।’

कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाको गठबन्धनबाट देशभरका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रवाटै तालमेलको घोषणा भएको छ । भरतपुर महानगरपालिका, घोराही र जितपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनवाट माओवादीलाई मेयरको जिम्मा परेको छ ।

Europass CV in Nepal