अर्थमन्त्रीले मागे बजेटबाट भन्सार घटाउनुपर्ने कच्चा पदार्थको सूची

अर्थमन्त्रीले मागे बजेटबाट भन्सार घटाउनुपर्ने कच्चा पदार्थको सूची

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट भन्सार घटाउनुपर्ने औद्योगिक कच्चा पदार्थको सूची उपलब्ध गराउन भनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल सम्बन्धी कार्यक्रममा बोल्दै उनले भन्सार घटाउनुपर्ने वस्तुको सूची उपलब्ध गराउन भनेका हुन् ।

‘कतिपय ‘फिनिस प्रडक्ट’ र त्यही वस्तु बनाउन ल्याइने कच्चा पदार्थको भन्सार दर उस्तै छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसलाई घटाउनुपर्ने छ भने ३ दिनभित्र सुझाव दिनुहोस् ।’ निजी क्षेत्रले सुझाव दिएको आधारमा फिनिस प्रडक्टको भन्सारदरकोभन्दा कच्चा पदार्थको भन्सारदर कम गरिने उनको भनाइ छ ।

यस्तै, नेपाल आत्मनिर्भर रहेका उद्योगहरूको सूची समेत दिएमा त्यस्ता उद्योगको संरक्षणमा भूमिका खेल्न सरकारलाई सहयोग हुने उनको भनाइ थियो । यद्यपी, सरकारले स्वदेशी उद्योगको संरक्षण गर्दा मूल्य बढेर उपभोक्ता प्रभावित बन्न नहुने शर्माले बताए ।

Europass CV in Nepal

‘देशमा उत्पादन बढाउन चाहिने वातावरण बनाउन सरकार तयार छ,’ अर्थमन्त्री शर्माले भने, ‘उद्योगका समस्याहरू बुँदागतरूपमा उपलब्ध गराउनुहोस् । समेट्न मिल्नेजति सुविधा बजेटमा समेटिन्छ ।’ बजेट निर्माणको पूर्वासन्ध्यामा रहेकाले छिटो सुझावहरू दिएमा बजेटमा सबै सुझाव समेट्ने अर्थमन्त्री शर्माले बताए ।

Europass CV in Nepal