मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अर्थमन्त्रीले मागे बजेटबाट भन्सार घटाउनुपर्ने कच्चा पदार्थको सूची

Himali Patrika 1 मिनेट पढाइ

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट भन्सार घटाउनुपर्ने औद्योगिक कच्चा पदार्थको सूची उपलब्ध गराउन भनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल सम्बन्धी कार्यक्रममा बोल्दै उनले भन्सार घटाउनुपर्ने वस्तुको सूची उपलब्ध गराउन भनेका हुन् ।

‘कतिपय ‘फिनिस प्रडक्ट’ र त्यही वस्तु बनाउन ल्याइने कच्चा पदार्थको भन्सार दर उस्तै छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसलाई घटाउनुपर्ने छ भने ३ दिनभित्र सुझाव दिनुहोस् ।’ निजी क्षेत्रले सुझाव दिएको आधारमा फिनिस प्रडक्टको भन्सारदरकोभन्दा कच्चा पदार्थको भन्सारदर कम गरिने उनको भनाइ छ ।

यस्तै, नेपाल आत्मनिर्भर रहेका उद्योगहरूको सूची समेत दिएमा त्यस्ता उद्योगको संरक्षणमा भूमिका खेल्न सरकारलाई सहयोग हुने उनको भनाइ थियो । यद्यपी, सरकारले स्वदेशी उद्योगको संरक्षण गर्दा मूल्य बढेर उपभोक्ता प्रभावित बन्न नहुने शर्माले बताए ।

‘देशमा उत्पादन बढाउन चाहिने वातावरण बनाउन सरकार तयार छ,’ अर्थमन्त्री शर्माले भने, ‘उद्योगका समस्याहरू बुँदागतरूपमा उपलब्ध गराउनुहोस् । समेट्न मिल्नेजति सुविधा बजेटमा समेटिन्छ ।’ बजेट निर्माणको पूर्वासन्ध्यामा रहेकाले छिटो सुझावहरू दिएमा बजेटमा सबै सुझाव समेट्ने अर्थमन्त्री शर्माले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।