मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 14 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी

Himali Patrika 1 मिनेट पढाइ

‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् ।

भण्डारीले एक तस्बिर सार्वजनिक गर्दै आफू विजयी भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौ टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन् । भण्डारी फिल्मका निर्देशक पनि हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।