मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नागढुङ्गा–मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

Himali Patrika 1 मिनेट पढाइ

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर)का रूपमा छुट्याइएको छ ।

तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिए। कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।