भरतपुर महानगरमा रेनु दाहाल २९ मतले अगाडि

भरतपुर महानगरमा रेनु दाहाल २९ मतले अगाडि

भरतपुर महानगरको प्रमुखमा रेनु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले सुवेदीसँग २९ मतको अग्रता बनाएकी छन् । १७ हजार २६६ मत गणना हुँदा सुवेदीले ५ हजार ६८९ मत पाएका छन् भने दाहालले ५ हजार ७१८ मत पाएकी छन् ।

प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६४५ मत पाएकी छन् ।

Europass CV in Nepal