पार्टीलाई सफलता दिलाउन नसकेको भन्दै दिलबहादुर डाँगीले दिए सभापतिबाट राजिनामा 

पार्टीलाई सफलता दिलाउन नसकेको भन्दै दिलबहादुर डाँगीले दिए सभापतिबाट राजिनामा 

रोल्पा। नेपाली काँग्रेस माडी गाउँपालिका ५ भाबाङका वडा सभापति दिलबहादुर डाँगीले नैतिकताको आधारमा राजिनामा पदबाट दिएका छन्। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो नेतृत्वमा पार्टीले पराजय बेहोरेको भन्दै उनले नैतिकताको आधारमा राजिनामा दिएका हुन्। 

उनले आफ्नो नेतृत्वमा पार्टीलाई सफल बनाउन सकेको र पदमा रहिरहनु नैतिकरूपले नसुहाउने भएकाले सभापति पदबाट राजिनामा दिएको कुरा पार्टीका उपसभापति चन्द्रबहादुर बुढाको नाममा लेखेको निवेदनमा उल्लेख गरेका छन्। 

डाँगी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा माडी गाउँपालिका ५, भाबाङमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको तर्फबाट वडा अध्यक्षका लागि उम्मेदवार दिएका थिए। उनका प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार तेजेन्द्र बूढा मगरले ८ सय १० मत लिएर विजय हुँदा उनले जम्मा ३ सय ७५ मत प्राप्त गरेका थिए।

Europass CV in Nepal

लामो समयसम्म सामाजिक कार्यमा सक्रिय रहँदै आएका डाँगी पछिल्लो समय नेपाली काङ्ग्रेस माडी ५ को वडा सभापतिको जिम्मेवारी सम्हालेका थिए। 

Europass CV in Nepal