मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

नवजोत सिंह सिद्धुलाई सर्वोच्चले सुनायो एक वर्ष जेल सजाय

Himali Patrika 1 मिनेट पढाइ

कांग्रेस नेता, कमेडियन तथा क्रिकेटर नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले सडक दुर्घटना मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।

१९८८ मा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो। ४ वर्षअघि उनलाई सर्वाेच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो।

त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको हो। तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए।

क्रिकेटरबाट राजनीतिमा प्रवेश गरेका सिद्धुलाई आजै गिरफ्तार गरिने टाइम्स अफ इन्डियामा उल्लेख छ। उनलाई पटियाला जेल पठाउने तयारी भइरहेको छ।

उनले ट्वीटरमार्फत कानुनलाई समर्थन गर्ने बताएका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।