मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा : विनोद चौधरी

मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा : विनोद चौधरी

काठमाडौँ — स्थानीय तहमा एकपटक काम गरिसकेका जनप्रतिनिधिलाई अर्कोपटक दोहोरिन हम्मे–हम्मे परेको छ । कतिपयले फेरि उम्मेदवारी दिने हिम्मत नै राखेनन्, त कतिपयलाई उम्मेदवार बनेर पहिलो कार्यकालको ‘ड्यामेज कन्ट्रोल’ गर्न मुस्किल पर्‍यो । तर, ललितपुर महानगरमा भने नेपाली कांग्रेसका निवर्तमान मेयर चिरिबाबु महर्जन चिरपरिचित प्रतिस्पर्धीसँग आमुन्ने सामुन्ने छन् ।

सीमाना मात्रै होइन, मतदाताको जीवन समेत जोडिएको काठमाडौं महानगरपालिकामा युवा जनमत र दलप्रतिको निराशालाई बटुलेर स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले अग्रता बनाइरहँदा ललितपुरमा भने मेयरमा दोहोरिन चाहेका महर्जनले दोब्बर मतको अग्रता बनाएका छन् ।

धेरैले उनका पूरानै प्रत्यासीसँगको प्रतिस्पर्धा जटिल हुने अनुमान गरेका थिए । त्यहीकारण नेकपा एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई नै दोहोर्‍याएर उम्मेदवार बनायो । तर, सुरुवाती गणनामा चिरिबाबुले बनाएको फराकिलो मतान्तरले ध्यान खिचेको छ । छिमेकको काठमाडौं महानगरमा युवा स्वतन्त्र उम्मेदवार साहको क्रेज देखिन्छ, तर ललितपुरमा ६५ वर्षे महर्जन मेयरमा दोहोरिने दौडमा छन् ।

Europass CV in Nepal

२०७४ को चुनावमा मेयर र उपमेयर दुवै पद कांग्रेस एक्लैले जितेको थियो । त्यो बेला महर्जनले एमालेका ब्यञ्जनकारलाई ३०८ मतले हराएका थिए । तर, यसपालि महर्जनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी समेतको समर्थन छ ।

त्यसबेला एमालेको जिल्ला अध्यक्ष रहेका ब्यञ्जनकार अहिले एमालेको केन्द्रीय सदस्य छन् । पाँच वर्षमा धेरै कुरा फेरिएको छ । तर, पाँच वर्षपछि पनि उही प्रतिस्पर्धी आमने सामने छन् । झिनो मतले पराजित भएका ब्यञ्जनकारले उही पदमा दोहोरिएका चिरिबाबुमा धेरै खोट देखाउन सकेनन् । त्यसकारण उनलाई संगठनबाहेक सर्वसाधारणको सद्भावको भोट कमैमात्र मिलेको देखिन्छ ।

सबैभन्दा सानो महानगर ललितपुरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । विहीबारसम्म मतगणना हुँदा महर्जनले १६ हजार ४०९ मत पाएका छन् भने एमाले उम्मेदवार ब्यञ्जनकारले ८ हजार ९ सय ३७ मत पाएका छन् । महर्जन र ब्यञ्जनकारका बीचको मतान्तर ७ हजार ४७२ छ । ललितपुरकी उपमेयर गीता सत्याल अहिलेसम्म गणना भएका वडामा विगतको भन्दा मत बढेको बताउँछिन् । ‘अहिलेसम्म गणना भएका वडा कांग्रेसको प्रभाव भएका क्षेत्र हुन् । आफ्नो प्रभाव र गठबन्धन समेत भएका कारण मत निकै बढेको छ,’ उनले भनिन् ।

पार्टीको संगठनमा ठूलो पद र भूमिका नलिएका चिरिबाबु टिकट वितरणले निम्त्याएको असन्तुष्टिबाहेक पार्टीमा विवादित नेता होइनन् । त्यसो त मेयरको रुपमा उनी यो पाँचवर्ष सम्म कमै विवादमा परे ।

ललितपुर बार एसोसिएसनका पुर्वअध्यक्ष मंगल महर्जन चिरिबाबुले मेयरकोरुपमा आफूलाई अब्बल सावित गरेको बताउँछन् । ‘ललितपुर सांस्कृतिक शहर हो, उहाँले मेयरकोरुपमा ललितपुरको लोप भइसकेका जात्रा, पर्व र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिनुभयो,’ उनले भने, ‘सम्पदा संरक्षणमा मात्रै होइन, पुर्वाधार निर्माणदेखि सामाजिक क्षेत्रमासमेत उत्तिकै काम भए ।’ चिरिबाबुको सरल स्वभाव र साधारण व्यक्तित्वका कारण पनि उनीमाथि विश्वास बढेको उनको दाबी छ ।

‘जनताले कामको आधारमा मुल्यांकन गर्छन्, अहिलेको परिणाम हेर्दा उहाँको उम्मेदवारीलाई जनताले मन पराएको देखिन्छ,’ मंगलले इकान्तिपुरसँग भने, ‘भित्री शहरमा मात्रै होइन, बाहिरी शहरमा पनि उहाँको पक्षमा राम्रो जनमत देखिएको छ । कांग्रेसको वडाध्यक्ष हारेको छ, तर उहाँले जित्नुभएको छ ।’

कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर ललितपुरमा कांग्रेस नेतृत्वमा राम्रो काम भएको, र त्यसलाई जनताले मुल्यांकन गरेको बताउँछन् । ‘ललितपुरमा कांग्रेसले राम्रो काम गरेको थियो, चिरिबाबुको राम्रो कामलाई जनताले बुझे, संगठनमा कुनै असन्तुष्टि रहेन,’ उनले भने, ‘त्यसैको परिणाम चुनावी परिणाममा देखिएको हो ।’

स्थानीयहरू मेयरकोरुपमा चिरिबाबुको स्वभावको प्रशंसा गर्छन् । मेयरको कुसीमा बसेर पनि उनले सरल स्वभाव देखाए, तडकभडक गरेनन् । लामो संघर्ष गरेर राजनीतिमा आएका चिरिबाबुको सामान्य जीवनशैलीका कारण पनि जनताले रुचाएको मंगलको दाबी छ ।

निवर्तमान मेयर महर्जन भने आफ्नो काम हेरेर जनताले मतदान गरेको दाबी गर्छन् । उनले आफूले यसपटक अघिल्लो पटकभन्दा सहजरुपमा जित्ने बताए । ‘अहिलेसम्म जसरी भोट आइरहेको छ, यो मैले अनुमान गरेकोसँग मिल्दोजुल्दो छ । म ढुक्क छु, पहिलेभन्दा बढी माया पाएको छु, सहज ढंगले जित्छु,’ उनले भने, ‘अहिलेको मतपरिणाम हेरेर मेरो अनुमान म १० हजार मतान्तरले जित्छु भन्ने हो ।’

उनले ललितपुरमा काठमाडौंमा जस्तो स्वतन्त्र उम्मेदवारले आफूलाई टक्कर दिन नसकेको बताए । ‘हामीकहाँ पनि युवा स्वतन्त्र उम्मेदवारहरू छन् । तर, मैले उहाँहरूले चुनौती दिने अवस्था आउन दिइनँ । मलाई नगरबासीले मन पराउनुभएको छ । नगरबासीले मेरो विकल्प पाउनुभएन,’ उनले भने, ‘मैले जे बोलेको छु, त्यो पूरा गरेको छु, बरु बढी काम गरेको छु ।’

उनले अघिल्लो पटक आफूले घोषणा गरेको फ्लाइओभर निर्माण गर्छु भन्ने बाचा पूरा गर्न नसकेको सनुाए । ‘मैले फ्लाइओभरको निर्माण गर्ने भनेको थिएँ, त्यसकालागि प्रारम्भिक सर्वे भइसकेको छ । तर, काम सुरु हुन सकेको छैन । त्यो हाम्रोमात्रै लगानीले बन्न सक्ने प्राजेक्ट पनि रहेन,’ उनी भन्छन्, ‘मैले त्योबाहेक सबै वाचाहरू पूरा गरेको छु, बरु नयाँ काम थालेको छु ।’

उनका अनुसार पाँच वर्षमा महानगरभित्र ४२ किमि सडक कालोपत्रे भएको छ । ‘यो सडक नेपाल सरकारले बनाउने सडकभन्दा धेरै राम्रो क्वालिटीको छ । यस्तो सडठक आठ वर्ष टिक्छ भन्ने अनुमान छ । हामीले सम्पदा संरक्षणमा भक्तपुरको जति काम गर्न सकेनौँ, तर यहाँको हकमा कायापलट हुने गरी काम गरेका छौँ,’ उनले भने ।

Europass CV in Nepal