मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

हावाहुरीले रोल्पाको विभिन्न स्थानमा क्षति

Himali Patrika 1 मिनेट पढाइ
  • एल बि मगर

७ जेष्ठ, रोल्पा । शुक्रबार साँझदेखि चलेको हावाहुरीले रोल्पाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। हावाहुरीले रोल्पाको गङ्गादेब गाउँपालिकाको वडा न. ४ को वडा कार्यालय र स्वास्थ्य चौकिको भवनको जस्ता पाताको छानो उडाएको छ ।

यसैगरी सुनिल स्मृति गाउँपालिकाको वडा न. को हरि बहादुर पुनको घरको सबै छानो उडाएर क्षति पुर्याएको र सोही पालिकाको वडा न. २ को खुङ्ग्री गाउँका केही घरहरुको समेत छानो उडाएर क्षति पुर्याएको छ ।

हावाहुरीले जिल्लाका केही ठाँउका घर,गोठमा सामान्य क्षति पुर्याएको खबर प्राप्त भएको र कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक थमन जिसिले बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।