राेल्पामा चट्याङ लागेर छाेरीकाे मृत्यु आमा घाइते

राेल्पामा चट्याङ लागेर छाेरीकाे मृत्यु आमा घाइते

७ जेष्ठ, राेल्पा । राेल्पामा चट्याङ लागेर छाेरीकाे मृत्यु भएको छ भने आमा घाइते भएकि छन।

शुक्रबार बेलुका देशभरि नै वर्षाद संगै आएकाे हावाहुरीकाे समयमा परेकाे चट्याङले सल्यान त्रिवेणी गाउँपालिका -३ घरभई राेल्पा सुनछहरी गाउँपालिका -४ फुलबारी स्थित झिझा टाेलमा माइतीघर आएकि २७ वर्षिय हिरा चुनारा कि ५ वर्षिय छाेरी अनुशा पुनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

चट्याङबाट आमा हिरा घाइते भएको र उनकाे जनसेवा मेडिकल सुनिलस्मृति गाउँपालिका स्थित रुइनिबाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए ।

Europass CV in Nepal

Europass CV in Nepal