मुख्य सामग्रीमा जानुहोस्
Thursday, 1 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अझै केही दिन हुरीबतासको खतरा

Himali Patrika 1 मिनेट पढाइ

८ जेष्ठ, काठमाडौं । शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना घाइते भएका छन् । हावाहुरीकै कारणले बिजुलीका पोल ढल्दा धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध छ ।

नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान गरिएको छ । मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना पनि उत्तिकै बढेको विज्ञले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ। पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। मौसमविद् वरुण पौडेलले भने, “यो बेला सूर्य जाडो महिनाभन्दा पृथ्वीको नजिक हुन्छ, जसले जमिन तताउँछ, फलस्वरूप स-साना जलवाष्पका कणहरूको विकास हुन्छ।” । उनका अनुसार ती साना जलवाष्पयुक्त कण भरिएका वायुका कोषहरू हावाको वहावमा एकत्रित हुँदै अघि बढ्छन् । यी कोष जति एक-अर्कासँग जोडिदै जान्छन् त्यति ठूलो आकारका बन्छन् । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।