भौगोलिक अवस्थालाई मध्यनजर गर्दै दुई ठाउँबाट वडाको सेवा दिने माडी ५ को निर्णय

भौगोलिक अवस्थालाई मध्यनजर गर्दै दुई ठाउँबाट वडाको सेवा दिने माडी ५ को निर्णय

रोल्पा। माडी गाउँपालिका वाड नं. ५, भावाङमा नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार सम्हाले लगत्तै एकै वडामा दुई ठाउँबाट सेवा उपलब्ध गराउने निर्याण गरेका छन्। नवनिर्वाचित प्रतिनिधिहरूको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो। 

साविकका वडा ३, ४, ५ र २ को माथिल्लो भाग हाल अवस्थित वडा कार्यालयबाट भौगोलिक हिसाबले विकट पर्ने भएको भन्दै ती वडाको बिचमा पर्ने गाउँ झौवाङमा वडा कर्मचारीसहितको वडा सहायक कक्ष सञ्चालनमा आउने भएको छ। 

‘वडाको माथिल्लो भेग खुम्बासाबाट वडा कार्यालय पाछाबाङ पुग्न झन्डै एक दिनको काम हराउनु पर्थ्यो, अब झौवाङबाटै वडाको सेवा सुविधा उपलब्ध हुने भएपछि हामीलाई धेरै सजिलो हुने भयो, ‘खुम्बासाका एक स्थानीय भन्छन्, ‘नयाँ प्रतिनिधि आएपछि नयाँ कामको थालनी भएको छ यसले कत्तिको निरन्तरता पाउँछ हेर्न भने बाँकी छ।’ 

वडामा वडाअध्यक्षबाट जनताले पाउने सेवा सुविधा आफूले जनताकै घरदैलोबाट उपलब्ध गराउने उद्देश्यसहित माथिल्लो भेगका लागि छुटै सहायक कक्ष सञ्चालनमा ल्याउने लागेको  नवनिर्वाचित वडाअध्यक्ष तेजेन्द्र बुढा मगर संकलनले जानकारी दिए । 

‘नियमित तिरो तिर्ने, विभिन्न प्राकृतिक प्रकोप सम्बन्धी काम र सामान्य वडाअध्यक्षको हस्ताक्षरका लागि  दिनभर हिँडेर वडा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने सोच सहित हामीले छुटै वडा सहायक कार्यालय खोल्ने सोच बनाएका हौँ, ‘वडाअध्यक्ष तेजेन्द्र बुढा भन्छन्, ‘सचिवबाट हुने काम बाहेक म बाट हुने सबै काम माथिबाटै दिन सकिन्छ।’