नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्छु : उड्डयनमन्त्री आले

नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्छु : उड्डयनमन्त्री आले

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई उडान गराएरै छाड्ने बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्यपरिषद्ले काउडेनबिथमा गरेको स्वागत कार्यक्रममा मन्त्री आलेले कालोसूची हटाउनका लागि वेलायत सरकारसँग छलफल गरेको र त्यसमा सकारात्मक जवाफ पाएको बताए ।

‘ब्ल्याक लिस्टबाट हटाउन सकियो भने पर्यटन बढाउन सकिन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री आलेले कान्तिपुरसँग भने, ‘त्यसका लागि बेलायतीमन्त्री र अन्य अधिकारीसँग औपचारिक–अनौपचारिक छलफल गरेको छु, सकारात्मक जवाफ पाएको छु । अब ध्वजावाहक हवाइजहाज लिएरै वेलायत आउँछु ।’

बेलायत युरोपेली संघबाट बाहिरिइसकेकाले नेपाल–बेलायतबीच प्रत्यक्ष हवाई सेवा सुरु गर्न नेपाल सरकारले वेलायत सरकारलाइ आग्रह गरेको बताए । मन्त्री आलेले बेलायतको ‘हाउस अफ लर्डस्’ की सांसद् ब्यारोनेस वर्मासँग प्रतिबन्ध फुकुवाकै लागि दुई पटक वार्ता गरिसकेको र मन्त्रालयका तर्फबाट आइकाओलाई पत्राचार गर्नेसमेत बताए ।

Europass CV in Nepal

यसअघि स्कटल्याण्ड राज्यपरिषद्ले केही दिन अघि कोप २६ मा भाग लिन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सिधा उडानका लागि ध्यानाकर्षण पत्र दिएको थियो ।

‘पर्यटनमन्त्रीज्यूले सिधा उडानको बाटो खुल्ने आश्वासन पाएको बताउनुभएको छ’, स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष काशीराम भण्डारीले कान्तिपुरसित भने, ‘कालोसूची हट्ने बित्तिकै नेपालको महत्व बढ्नेछ।’ हवाई असुरक्षाको कारण देखाउँदै बेलायतले करिब आठ वर्षदेखि सिधा उडानमा प्रतिबन्ध लगाएको छ ।

गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष मोहन कार्कीले सिधा हवाई उडान खुला भए नेपाल–बेलायतबीच पर्यटन प्रवद्र्धन हुनुका साथै भूतपूर्व गोर्खालगायत बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई सहज हुने मन्त्री आलेले ध्यानाकर्षण गराए ।

एनआरएनए स्कटल्याण्ड राज्यपरिषद्का अध्यक्ष भण्डारीले नेपालको पर्यटन प्रवद्र्धन र प्रचारका लागि आफूहरू तयार भएको मन्त्री आलेसँग बताए ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पर्यटन बढाउनकालागि सघाउन एनआरएनएसँग आग्रह गरे । ‘नेपालको पर्यटन बढाउन तपाईँहरूको ठूलो भूमिका रहेको म देख्छु’ , सचिव कोइरालाले भने, ‘तपाईँहरूसँग भएको स्रोत साधनको प्रयोग गर्दै नेपालको पर्यटनमा सघाउनुस् ।’ कान्तिपुरबाट 

Europass CV in Nepal