मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै दुर्गा प्रसाईंलाई ‘वर्ष उत्कृष्ट’ नागरिकका रूपमा सम्मान

Himali Patrika 1 मिनेट पढाइ

झापा । स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईंलाई केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईंलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गर्नुभयो । बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै उहाँलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संघर्ष गरेको बताउँदै बिर्तामोड विस्तारै मेडिकल क्षेत्रको हब बन्दै गएको तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिएको बताउनुभयो । इमेजखबरबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।