मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादीलाई भोट हालेको भन्दै छिमेकी कुट्ने दुई पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

विप्लव महर्जन

सल्यान ।  स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीया सुरेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । कुटपिटमा संलग्न निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेका उनले जानकारी गराए । यही वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि चार युवाले ओलीलाई केही दिन कुटपिट गरेका थिए ।

उनका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई कुटपिटको आरोपमा सार्वजनिक मुद्दा लागेको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।