मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आयोजकले माग पुरा गर्न नसकेपछि नेपाल नआउने भए सलमान खान

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं।  बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । समान खान लगायत टिमको माग पुरा गर्न नसके पछि कार्यक्रम रोकिने भएको बताइएको छ । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको हो ।

आयोजक स्रोतले उनी नआउने पुष्टि गरिसकेको छ । ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरिको छ । सलमान नेपाल आउन र आएको बेला सगरमाथा आरोहणगर्ने कुरा बताएका थिए । यद्यपी अब उनी नआउने भएपछि नेपाली फ्यानहरु निराश भएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।