मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रेनु दाहालको घोषणा : महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क, नगरबासीका छोरीहरूका लागि जीवन बीमा

Himali Patrika 1 मिनेट पढाइ

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्।

खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्।

साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्।

आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बीमा गर्ने निर्णय महानगरको छ।

महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।