मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

Himali Patrika 1 मिनेट पढाइ

११ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ ।

ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ ।

बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर पछ्याइरहेको छिन्। साह र सिंहबिचको मतान्तर २१ हजार १२१ छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा अडिएका छन् ।

उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डङ्गोल निर्वाचित हुने पक्का भएको छ । उनले सबैभन्दा धेरै मत पाएकी छन् ।

कूल १ लाख ९१ हजार १२५ मतमध्ये १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अहिले १९ हजार ३२३ मत गणना भइरहेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।