मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बालेन्द्रको मत ६० हजार नजिक, सुनिताकाे ६६ हजार नाघ्यो

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ । मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैकाे अग्रता लिइरहेकाले दुवैकाे जित सुनिश्चित छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।