कुनैबेला ऋण कटाउन जमिन्दार घरकोमा ‘हली’ बसेका खड्का बने तुलसीपुर उपमहानगरपालिकाको मेयर

कुनैबेला ऋण कटाउन जमिन्दार घरकोमा ‘हली’ बसेका खड्का बने तुलसीपुर उपमहानगरपालिकाको मेयर

गणेश आचार्य

दाङ । डेढ बर्ष हुँदा आमा गुमाएको बिद्रोही स्भावको एउटा ‘ख्याउटे केटो’ नेतृ मेनका पाखरेलको नजरमा प¥यो । हाडेमीको मजगैँया परिवारकी छोरी मेनका २०३५।०३६ सालतिर पन्चायत बिरुद्ध बिद्यार्थी आन्दोलनमा होमीएकी थिइन् । उनको नजरमा परेको ख्याउटे केटोे टिकाराम खड्का थिए ।

टिकारामको गतिबिधी हेर्दा मेनकालाई लाग्यो,‘यसले केही गर्न सक्छ ।’ अनी उनले टिकाराम लाई पञ्चायत बिरुद्धको बिद्यार्थी आन्दोलनमा लाग्न प्रेरित गरिन । टिकाराम के कम मेनकाले हिम्मत दिएपछी आन्दोलनमा हेलिए । नेकपा मालेको अनेरास्ववियूका सदस्य रहेको उनले त्यतिबेला ७ कक्षमा पढ्थे । २०३७ सालको माघमा नारायणपुरमा बिद्यार्थीहरुको सभा थियो । त्यो सभामा भाग लिन उनी पनि पुगेका थिए । प्रहरी दमन ग¥यो । उनले पनि प्रहरीको लाठी खाए ।

Europass CV in Nepal

पञ्चायत बिरुद्धको आन्दोलन चलिरह्यो,उनीपनि आनेलनमा लागिरहे । सात कक्षा पास गरेपछी उनी काकासँग रुकुम गए । मुरु माविमा ८ कक्षामा भर्ना भए । त्यतिबेला उनलाई राजनीतीको नशा लागिसकेको थियो । उनले आफू कम्युनिष्ट भएको बताउँदै त्यहाँ अखिल छैठौँमा आवद्ध भए । उनी त्यतिबेला अखिल छैठौँको एरिया कमिटी सदस्य भए । ६ महिनापछी उनले थाहाँ पाएकी अखिल छैठौँ त मसालको संगठन रहेछ । पछी उनी पुनःमाले निकट अनेरास्ववियूमा आवद्ध भएर राजनीतिक यात्रा अघी बढाए । २०३९ जेठमा उनका बुवाको निधन भयो ।

अनि दाङ फर्के । डेढ बर्षमा आमा गुमाएका उनले १४ बर्षमा बुवा गुमाएपछी टुहुरो बने । दिदिको बिहे भर्खरै भएको थियो । उनका बुवाको निधन भएपछी बावुको नाममा रहेको २० हजारको ऋणको भारीले उनको टाउको थिच्यो । उनले चाहेर पनि पढ्न पाएनन । उनी ऋणबाट मुक्त हुन भारत पसे । ३ बर्ष भारतमा मजदुरी गरेका उनले ३ हजार रुपैँया मात्रै कमाउन सके । अनि नेपाल फर्के त्यतिबेला उनलाई थप १७ हजार रुपैँया आवश्यक प¥यो । आम्दानी केही थिएन । न जग्गा जमिन नै थियो । त्यसपछी उनी जमिन्दार मोहनसिंह केसीको घरमा ऋण कटाउन ‘हली’ बसे । हली बसेरै उनले बिजौरीमा पढ्न थाले ।

प्रारम्भिक शिक्षा प्राबि भित्रि संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत मावि बिजौरीमा लिए । त्यसपछि उनले भारतको गोरखपुर भारतबाट एसएलसी पास गरे । जब राजनीतिमा लागे, त्यसपछि पढाई पनि थाँति राखेर पूर्णकालिन राजनीतिमा सक्रिय भएका थिए ।

२०४१ सालमा तत्कालिन पार्र्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय संगठीत सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्वबियुको जिल्ला कमिटि सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए । पार्टी निकट भातृसंगठबनमा सक्रिय रहेका उनी पार्टीमा पनि उत्तिकै क्रियाशिल थिए । राजनीती गर्ने सीलीलामै उनी २०४४ सालमा जेल समेत परेका थिए ।

खड्का ०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदा देखि नै पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत भए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका ईलाका सचिब हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङ जिल्ला सदस्य भएका थिए ।

त्यसपछी उनलाई पार्टीको संगठन बिस्तार गर्न रोल्पा पठाइयो । २०४६ सालको जनआन्दोदन सफल भएपछी टिकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटि उपसचिब भए । अनि २०४८ साल जेठ १ मा भएको प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो महाधिबेसनले केपी ओली लाई अध्यक्ष चयन ग¥यो खड्का केन्द्रीय सदस्य बने ।
२०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हाले । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाका अझैँ पर्नि प्रशंसा हुनेगर्छ ।

२०५८ सालदेखि दाङमा जिल्ला कमिटी रहेर काम गरे । २०६४ सालमा अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य बने भने २०६७ मा संघको स्थायी कमिटि सदस्य भए । उनले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको नेतृत्व गर्ने अवसर समेत प्राप्त गरे । उनी तत्कालीन एमाले र माओवादी एकिरकण पश्चात बनेको नेकपा दाङको अध्यक्ष समेत बन्ने अवसर पाएका थिए । त्यसपछी खड्का एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवाय सदस्य छन् ।

सादकी र निम्नवर्गीय धरातलमा रहेका खड्काले आफ्नो जीवन राजनीतिमा नै सुम्पिएका छन् । कम्युनिष्ट पार्टीका नेतामा उनी उदारहण बन्ने गरेका छन् । किनकी, उनी जस्ता वर्गीय नेता तथा कार्यताहरुले नै अहिलेको कम्युनिष्ट आन्दोलनलाई सार्थक बनाएको छ ।

कम्युनिष्ट पार्टी भित्र बर्ग उत्थान भएका नेता तथा कार्यकताले विपरित बर्गको स्वार्थसंग आत्मसमर्पण गर्ने, प्रलोभनमा पर्ने, उनीहरुकै एजेन्ट भएर आफ्नो बर्गलाई धोका दिने प्रबृति हावी भएको अबस्थामा टिकाराम खड्का जस्ता व्यक्ती पार्टीमा विरलै भेटिन्छन् ।

यस्तै व्यक्तीहरुले नै अहिले कम्युनिष्ट आन्दोलन पतन हुनबाट जोगाएका छन् । उनी तुलसीपुर–१८ स्थित अक्कासी गाउँको ऐलानी जग्गामा बस्छन् । उनको परिवारको नाममा अहिलेसम्म जग्गा छैन । उनका वुवाले जोतभोग गरेको ५÷७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छन् ।

उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक एमलेले उम्मेदवार बनाएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि उनी परेनन् ।

२०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भएका छन् । तर, त्यसमा लामो समय काम गर्न पाएनन् । ३ महिना मात्रै काम गर्ने अवसर पाए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अबस्थामा उनले राजनीतिक नियुक्ती पाएका थिए । तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडी नबढाउन भनेपछि त्यतिकै रोकियो ।

पार्टी भित्र होस्, वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका खड्काले घर–परिवार भित्र पनि निकै संघर्ष गर्नुप¥यो । कम्युनिस्ट आन्दोलनको राप र संघर्षको तापले खारिएका यीनै टिकाराम खड्का सत्ता गठबन्धनलाइ पराजित गर्दै एमालेलको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरको कुर्सीमा बिराजमान भएका छन् ।

Europass CV in Nepal