मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतिय रक्षा प्रमुखको घोषणा : चीन भारतको सबैभन्दा ठूलो सुरक्षा चुनौती

Himali Patrika 1 मिनेट पढाइ

भारतका रक्षा प्रमुख बिपिन रावतले भारतको लागि चीन सबैभन्दा ठूलो सुरक्षा चुनौती बनेको बताएका छन्। एक टीभी कार्यक्रममा बोल्दै उनले गत वर्ष हिमालय क्षेत्रको समिा सुरक्षाको लागि केन्द्रले पठाएको हजारौं सैनिक लामो समयदेखि आफ्नो बेस क्याम्पमा फर्किने अवस्था नबनेको बताएका छन्।

रावतले चीन र भारत दुवै मुलुक परमाणु हतियारसम्पन्न मुलुक भएको र विश्वासको कमी र एकअर्कामा देखिएको सन्देहको कारण अहिलेको अवस्था उत्पन्न भएको बताएका छन्।

यसअघि गत महिना दुई मुलुकबीच सैन्य कमाण्डरस्तरको १३ औं चरणको सीमावार्ता भएको थियो। तर, यसमा कुनै समाधान भने निस्किन सकेको छैन। रावतले गत वर्षदेखि नै दुई मुलुकबीचको गतिरोध कायम रहेको बताएका छन्।

रावतले भारतको अरुणाञ्चलको सीमा क्षेत्रमा भने चीनले गाउँ बनाएको हल्ला गलत भएको बताएका छन्। रावतले केही क्षेत्रमा चीनको रणनीति बुझे पनि धेरै क्षेत्रमा बुझ्न गाह्रो भएको र चीनले आफ्नो मान्यताअनुसार सीमा कहाँ हो भन्ने स्पष्ट नबताउने गरेको आरोप लगाए

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।