भारतिय रक्षा प्रमुखको घोषणा : चीन भारतको सबैभन्दा ठूलो सुरक्षा चुनौती

भारतिय रक्षा प्रमुखको घोषणा : चीन भारतको सबैभन्दा ठूलो सुरक्षा चुनौती

भारतका रक्षा प्रमुख बिपिन रावतले भारतको लागि चीन सबैभन्दा ठूलो सुरक्षा चुनौती बनेको बताएका छन्। एक टीभी कार्यक्रममा बोल्दै उनले गत वर्ष हिमालय क्षेत्रको समिा सुरक्षाको लागि केन्द्रले पठाएको हजारौं सैनिक लामो समयदेखि आफ्नो बेस क्याम्पमा फर्किने अवस्था नबनेको बताएका छन्।

रावतले चीन र भारत दुवै मुलुक परमाणु हतियारसम्पन्न मुलुक भएको र विश्वासको कमी र एकअर्कामा देखिएको सन्देहको कारण अहिलेको अवस्था उत्पन्न भएको बताएका छन्।

यसअघि गत महिना दुई मुलुकबीच सैन्य कमाण्डरस्तरको १३ औं चरणको सीमावार्ता भएको थियो। तर, यसमा कुनै समाधान भने निस्किन सकेको छैन। रावतले गत वर्षदेखि नै दुई मुलुकबीचको गतिरोध कायम रहेको बताएका छन्।

Europass CV in Nepal

रावतले भारतको अरुणाञ्चलको सीमा क्षेत्रमा भने चीनले गाउँ बनाएको हल्ला गलत भएको बताएका छन्। रावतले केही क्षेत्रमा चीनको रणनीति बुझे पनि धेरै क्षेत्रमा बुझ्न गाह्रो भएको र चीनले आफ्नो मान्यताअनुसार सीमा कहाँ हो भन्ने स्पष्ट नबताउने गरेको आरोप लगाए

Europass CV in Nepal