मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
शिक्षा

अबदेखि १२ कक्षा पढेर २० वर्ष पारी विहे गर्ने छोरीलाई ५० हजार

Himali Patrika 1 मिनेट पढाइ

१४ जेठ सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिकाले कक्षा १२ पुरा गरेर २० वर्ष पारी विवाह गर्ने छोरीलाई सम्मानस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले शुक्रबार पदभार ग्रहण गर्दै पालिकाभित्रका छोरीहरुले उच्च शिक्षा पुरा गरी २० वर्ष पारी विवाह गरे सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने पहिलो निर्णय गरेका हुन्।

सो पालिकामा वर्षेनी अत्यधिक मात्रामा हुने बाल विवाहलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको अध्यक्ष महतोले बताए।

‘हाम्रो पालिकामा वर्षेनी ५० भन्दा बढी बालविवाह, २० भन्दा कम उमेरमा भागी विवाहको घटना हुने गरेको छ’ उनले भने, ‘त्यसलाई निरुत्साहित गरि अवसरको रुपमा शिक्षाको मूलधारमा ल्याउन र आत्मनिर्भर बनाउन यस्तो निर्णय गरेका हौं।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।