प्रेस सेन्टर दाङको तीनवर्षे कार्ययोजना : सेन्टरमा आबद्ध पत्रकारलाई प्रविधिमा दक्ष बनाइने 

प्रेस सेन्टर दाङको तीनवर्षे कार्ययोजना : सेन्टरमा आबद्ध पत्रकारलाई प्रविधिमा दक्ष बनाइने 

सन्तोष डाँगी 

२८ कार्तिक, घोराही। प्रेस सेन्टर नेपाल, दाङ शाखाले तीन वर्षे कार्ययोजना पारित गरेको छ । शनिबार घोराहीमा बैठक बस्दै सेन्टरले १४ बुँदे विभिन्न कार्ययोजना पारित गरेको हो। 

प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउने सेन्टरका अध्यक्ष पाण्डव शर्माले बताउनुभयो। त्यसका लागि पत्रकारहरूलाई  फोटोसप, ग्राफिक डिजाइन, भिडियो इडिटिङ लगायत पत्रकारितामा आवश्यक पर्ने प्राविधिक बिषयमा  दक्ष बनाउन तालिम दिइने अध्यक्ष शर्माले बताउनुभयो।

Europass CV in Nepal

शनिबार तीन वर्षे कार्ययोजना पेश गर्दै अध्यक्ष पाण्डव शर्माले भन्नुभयो, ‘अबको युग भनेको प्रविधिको युग हो, प्रविधि नजानेका पत्रकारहरू पत्रकारितामा टिकिरहन नसकिने प्राय निश्चित छ’, उहाँले भन्नुभयो, ‘हामीले हाम्रो तीन कार्यकालमा सेन्टरमा आवद्ध पत्रकारहरूलाई पत्रकारितामा आवश्यक पर्ने आधारभूत ज्ञान प्रदान गर्नेछौँ।’ 

सेन्टरले आफू निकट पत्रकारहरूको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा राख्ने निर्णय समेत गरेको छ । दाङका दशवटा स्थानीय तहमा शाखा विस्तार गरेसँगै जिल्लाभर रहेका पत्रकारहरूसँग आवश्यक सरसल्लाह र परिचालन गर्ने  सहजता होस् भन्ने उद्देश्यले पत्रकारहरूको विवरण कम्प्युटर प्रणालीमा राख्ने निर्णय गरेको अध्यक्ष शर्माले बताउनुभयो। 

त्यसैगरी प्रेस सेन्टरले दाङले जिल्ला दशवटै पालिकामा संयोजन गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ । घोराही उपमहानगरपालिकामा सन्तोष डाँगी, तुलसीपुर उपमहानगरपालिकामा दामोदर बस्नेत (राकेश), बंगलाचुलीमा जीवन नेपाली, राजपुर गाउँपालिकामा शान्तकुमार बुढा, लमही नगरपालिकामा उमेश बञ्जाडे, गढवा गाउँपालिकामा पुष्पा पौडेल, बबई र दंगीशरण गाउँपालिकामा दीपक बोहोरा र शान्तिनगर गाउँपालिकामा बिकास डाँगीलाई जिम्मा दिने निर्णय गरेको छ ।

Europass CV in Nepal