१६ जेठ, जोमसोम । तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।
अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान १०:१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।
जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो।
जहाजमा ३ चालक दलका सदस्य र १९ यात्रु सवार थिए।





