मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

तारा एयरको जहाज दुर्घटना : १४ जनाको शव भेटियो

Himali Patrika 1 मिनेट पढाइ

१६ जेठ,  जोमसोम । तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।

अन्य यात्रुको खोजी भइरहेको शेरचनले बताए । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान १०:१० मिनेटमा सम्पर्कविहीन भएको थियो ।

जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो।

जहाजमा ३ चालक दलका सदस्य र १९ यात्रु सवार थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।