मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

आमा–बुवासहित ६ जना आफन्तसँग मुक्तिनाथ जाँदै थिए राजन गोले

Himali Patrika 1 मिनेट पढाइ

१६ जेठ, काठमाडौं । आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको सानोशेरेमा फेला परेको छ ।

विमान दुर्घटनामा परेर धनुषा मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात जनाको मृत्यु भएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका राजनकुमार गोलेले आफ्नो परिवारलाई मुक्तिनाथ दर्शनको लागि लैजाने योजना अनुसार यात्रा तय गरेका थिए ।

उनले आमा–बुवा, काका–काकी, मामा–माइजुलाई मुक्तिनाथ दर्शनका लागि लैजादै जहाज चढेका थिए । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ दर्शनको लागि तारा एयरमा उडेका थिए ।

उनीहरु सबैको मृत्यु भएको छ। गाउँमा उनीहरुको घर नजिकै–नजिकै छ । उनीहरु शुक्रबार मात्र मुक्तिनाथ जानको लागि काठमाडौं आएका थिए । विमान दुर्घटनाको खबरले गाउँनै शोकमा डुबेको छ । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका राजन गोलेका श्रीमती र २ छोराछोरी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।