मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माओवादी केन्द्रसँग एकता हुन्छ : विप्लव

Himali Patrika 1 मिनेट पढाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने संकेत दिएका छन् ।धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’

सरकारले पार्टीलाई प्रतिबन्धबाट हटाउँदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उनले बताए । सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको आरोप उनको छ । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।