अब माओवादीका हरेक कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित अनिवार्य

अब माओवादीका हरेक कमिटीमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित अनिवार्य

नेकपा माओवादी केन्द्रले पुसको दोस्रो साता हुने राष्ट्रिय सम्मेलनको तयारी थालेको छ । जसका लागि कार्तिक २७ गते देशभरि टोल भेला गरेको छ भने मंसिर ४ गते वडा सम्मेलन र मंसिर ११ गते पालिका सम्मेलन तयारी गरेको छ ।

जसका लागि प्रदेश, पालिका र वडाहरुमा छुट्टाछुट्टै निर्वाचन समिति घोषणा गरिसकेको पार्टी केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो । अब टोलदेखि केन्द्रीय समितिसम्मा महिला ३५ प्रतिशत र दलित सहभागिता १५ प्रतिशत रहने उहाँले जानकारी दिनुभयो ।

‘समावेशी सिद्धान्तअनुसार संविधानले हरेक निकायमा ३३ प्रतिशत महिला र १३ प्रतिशत दलित सहभागिता सुनिश्चत गरेको छ’– उहाँले भन्नुभयो– ‘तर, माओवादी समावेशी सिद्धान्तको प्रस्तावक नै भएकाले थप दुई प्रतिशत बढी समावेशी बनाउनुपर्छ भनेर यस्तो नीति अघि सारिएको हो ।’ महिला सहभागिता पूरा नभए खाली राख्ने तर महिला कोटामा पुरुष नराखिने उहाँले स्पष्ट गर्नुभयो ।

Europass CV in Nepal

त्यस्तै मुश्लिम समुदाय रहेको ठाउँमा मुश्लिम समुदायको ५ प्रतिशत सहभागिता पनि सुनिश्चित गरिएको छ भने ४० बर्षमुनिका युवाहरुको हरेक समुदायमा २० प्रतिशत प्रतिनिधित्व रहने छ ।

दलित समुदाय बढी भएको ठाउँमा थप दुई प्रतिशत दलित कोटा निर्धारण गरिएको छ भने खुला कोटाबाट पनि महिला वा दलित दुबै निर्वाचित हुनसक्नेछन् । दलित वा महिला दुबै कोटामा युवा सहभागिता २० प्रतिशत सुनिश्चित गरिने छ । तस्विर : सल्यानको दार्माकोटमा टोल भेलाबाट निर्वाचित महिलाहरु । सिस्नेअनलाइनबाट 

 

Europass CV in Nepal