मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेट, के भयो वार्तालाव ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । ‘भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,’ देउवा र शाहबीचको भेटबारे परियारले भने, ‘महानगर प्रमु्ख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।’

मेयरमा निर्वाचित भएपछि पहिलोपटक शाहले प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्रीले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर शाहलाई बधाई दिएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।