काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्धको जहाजमा समस्या आएपछि काठमाडौंमै ‘ल्याण्ड’

काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्धको जहाजमा समस्या आएपछि काठमाडौंमै ‘ल्याण्ड’

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज झपा नपुगी काठमाडौंमै फकिएको छ ।

उक्त जहाजकाे टायरमा समस्या देखिएपछि काठमाडौंमै अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

उक्त जहाज काठमाडौंबाट बिहान १० बजेर ४३ मिनेटमा उडेको थियो । तर उडानको बीचमै उक्त जहाजको टायरमा समस्या देखिएको थियो ।

त्यसपछि जहाज काठमाडौंमै फर्काइएको थियो । अहिले जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको जनाइएको छ ।

अवतरणपछि अहिले प्राविधिक जाँच गरिदै गरेको बताइएको छ । केही दिन अघि मात्रै तारा एयरको जहान मुस्ताङम दुर्घटना भएको थियो ।