माओवादीबाट जितेका जनप्रतिनिधिलाई पार्टीले हिमालयन होटलमा रात्रिभोज दिने

माओवादीबाट जितेका जनप्रतिनिधिलाई पार्टीले हिमालयन होटलमा रात्रिभोज दिने

काठमाण्डाै। नेकपा माओवादी केन्द्रले पालिका चुनावमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनीधिहरूलाई आज बुधवार बेलुकी रात्रिभोज दिने भएको छ ।

पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन काठमाण्डौ आएका जनप्रतिनिधिहरूलाई बेलुकी ७ देखि ९ बजेसम्म हिमालय होटलमा भोजको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । प्रशिक्षणमा पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखहरू सहभागी छन् ।

प्रशिक्षण भाेलि बिहीवारसम्म चल्नेछ । माओवादीले यसअघि २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो ।