मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
बागमती प्रदेश

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

Himali Patrika 1 मिनेट पढाइ

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताएका थिए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका हुन् । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने महानगरले जनाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।