मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

७० लाख बराबरको गाँजा बरामद

Himali Patrika 1 मिनेट पढाइ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदी किनारा (खयर टप्पु) बाट बुधबार बेवारिसे अवस्थामा ३ सय ५० बोरा गाँजा बरामद भएको छ । गाँजालाई ११ वटा बोराको पोका बनाइएको अवस्थामा बरामद गरिएको चतरास्थित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक निगम राईले बताए । सुनसरीमा हालसम्मकै धेरै परिमाणमा गाँजा बरामद भएको यो पहिलो घटना हो ।

तस्करहरुले सर्वसाधारण र प्रहरी प्रशासन हत्तपत्त नजाने मानव बस्तीविहीन टप्पुमा राखेको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले गाँजा तस्करीमा संलग्न भने पक्राउ गर्न सकेको छैन ।

खयर टप्पुमा ठूलो मात्रामा गाँजा बरामद भएको सशस्त्रका प्रहरी निरीक्षक राईले बताए । चतरास्थित सशस्त्र वेस क्याम्पबाट खटिएको मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको हो । गाँजाको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ ।

गाँजा धनकुटाबाट कोसीको जलमार्ग हुँदै भारतीय बजार पुर्‍याउने गिरोहले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।