मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राेल्पामा जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

Himali Patrika 1 मिनेट पढाइ

रोल्पा । रोल्पामा पिकअप जीप दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतकको पहिचान भइनसकेको सुवेदीले बताए ।

थप तीन जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्‍याइएको छ । जीपमा ६ यात्रु भएको अनुमान गरिएको छ। प्रहरीले दुर्घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

डिएसपी सुवेदीका अनुसार माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप आइतबार बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुलेको छैन। घटनास्थल अप्ठेरो भूगोल भएका कारण अन्य यात्रु पनि हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको सुबेदीले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।