राेल्पामा जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

राेल्पामा जीप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

रोल्पा । रोल्पामा पिकअप जीप दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतकको पहिचान भइनसकेको सुवेदीले बताए ।

थप तीन जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्‍याइएको छ । जीपमा ६ यात्रु भएको अनुमान गरिएको छ। प्रहरीले दुर्घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।

डिएसपी सुवेदीका अनुसार माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुबाहक पिकअप जीप आइतबार बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण खुलेको छैन। घटनास्थल अप्ठेरो भूगोल भएका कारण अन्य यात्रु पनि हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको सुबेदीले बताए ।

Europass CV in Nepal

Europass CV in Nepal