मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन् ।

शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।
न्युज कारखाना

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।