मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

महिनामा २ पटकभन्दा बढी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छैन : मन्त्री बडू

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले महिनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको दाबी गर्नुभएको छ ।

आज शुक्रवार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुने गरी दुई पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको हो । उहाँले २०७८ चैत महिनामा २ गते र २२ गते गरी मूल्य समायोजन भएको र २०७९ वैशाखमा ३१ गते र जेठ महिनामा ८ गते एक पटक मात्र मूल्य समायोजन गरिएको बताउनुभयो ।

मन्त्री बडूले भन्नुभयो, ‘प्रस्तुत सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुने गरी दुई पटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता छैन । वैशाख ३१ गते र जेठ ८ गते मात्र मूल्य समायोजन गरिएको छ । स्वीकृत कार्यविधि र प्रावधानविरुद्ध गइ महिनामा दुई पटकभन्दा बढी मूल्यवृद्धि भएको छैन ।’

मन्त्री बडूले पेट्रोलमा अहिले पनि ३१ रुपैयाँ ४१ पैसा प्रतिलिटर घाटा, डिजलमा २८ रुपैयाँ ३३ पैसा प्रतिलिटर घाटा, एलपी ग्यासमा सात सय ५१ रुपैयाँ १४ पैसा प्रतिसिलिन्डर घाटा रहेकाे बताउनुभयाे । मट्टीतेल र हवाई इन्धनमा मासिक ६५ करोड रुपैयाँ नाफा रहेको उहाँकाे भनाइ छ । नाफा र घाटा मिलाउँदा अहिले मासिकरूपमा निगम सात अर्ब ७७ करोड रुपैयाँ घाटामा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री बडूले नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि दाबी गर्नुभयो । राष्ट्रिय सभाको आजको बैठकमा खाना पकाउने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्न यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।