मेयर बालेन शाहलाई प्रचण्डले भने, ‘तपाईंको जित क्रान्ति हो’

मेयर बालेन शाहलाई प्रचण्डले भने, ‘तपाईंको जित क्रान्ति हो’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ, त्यसैले हाम्रो सधैँभरी साथ र सहयोग हुनेछ। “