मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्छौं : मेयर शाह

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन्।

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा ब्युताउन बजेट बिनियोजन गरिने उल्लेख गरेका हुन्।

‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले अगाडि भनेका छन्, ‘यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्। पानीको मुहान सुकेको अवस्था छ, तिनलाई ब्युताउन सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौं।’

उनले काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि भएको भन्दै यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व रहेको औल्याए।

उनले काठमाडौंमा सिमेन्ट संरचना निर्माण बढिरहेकाले पानीका मुहान सुक्दै गरेको स्मरण गरे।

‘काठमाडौंमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्। खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ,’ मेयर शाहले अगाडि भनेका छन्, ‘यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंवासीलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।