मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफैँ बिरामी चेकजाँच गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट

Himali Patrika 1 मिनेट पढाइ

२३ जेठ, दाङ  । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निशुल्क स्वास्थ्य शिविरमा बिरामीको आफै चेकजाँच गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको वडा स्तरमा स्वास्थ्य शिविर उद्घाटन गर्न पुगेका अध्यक्ष विष्टले बिरामी जाँच गरेर सेवा दिएका छन् ।

‘म स्वास्थ्यकर्मी पनि हुँ । जनप्रतिनिधि हुनु अघि गाउँ गाउँमा निःशुल्क शिविर लगेर पुग्थे । अहिले आफै शिविर आयोजना गर्ने ठाउँमा पुगेको छु’ उनले भने, ‘राप्ती गाउँपालिकामा स्वास्थ्य उपचारमा कसैलाई पनि असजिलो नहोस् भन्ने योजनाका साथ काम गर्दैछौँ

सिसहनियाँ र लालमटिया स्वास्थ्य चौकीमा २४ घण्टा इमर्जेन्सी सेवा सहित विशेषज्ञ सेवा दिने योजनाका साथ काम अघि बढाएको उनले सुनाए ।

जहाँका नागरिकको स्वास्थ्य उपचारमा पहुँच छैन । त्यस्तो ठाउँमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर र औषधी वितरण गरिने छ । त्यस्तै उने आफ्नो डाक्टर आफै बन्ने अभियान चलाउने पनि उनले बताएका छन् ।

वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा २ सय १५ जना बिरामीले सेवा लिएका थिए । जसमा ढाड कम्मर दुख्ने, टाउको दुख्ने, फोक्सोका बिरामीले सेवा लिएका थिए शिविरमा डा. पुष्प भुसाल, डा. रेगनसिंह थापा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।