मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

गंगा चौधरीको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीकाे आपत्ति

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।

सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, ‘उजुरीको चाङ लाग्नु भनेको समाजमा अपराध रैछ भनेर मान्नु हो ? अनि अपराध छ भनेपछि चाङसँग डराएर हुन्छ ? सांसदहरुको अपमान गरेजस्तो होला तर यसप्रकारको अभिव्यक्तिले उहाँको चेतनाको स्तर देखाउँछ ।’

उनले महिला अधिकार आर्शिवाद दिएको जस्तो नभएको बताइन् । सांसदबाटै अपराधीको मनोबललाई बढावा दिने अभिव्यक्ति आउनु दुःखद रहेको उनले बताइन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।