मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बलेनको विरोध गर्दै सिर्जना सिंहले भनिन्ग, ‘बल प्रयोग गरेर फोहोर व्यवस्थापन गर्नु दीर्घकालीन हुन्न’

Himali Patrika 1 मिनेट पढाइ

नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्।

प्रहरीले बन्चरेडाँडामा मंगलबार र बुधबार बल प्रयोग गरेको छ। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि बैठकबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर फोहोर व्यवस्थापन दीर्घकालिन हुँदैन,’ मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी छन्, ‘यसो गर्नु राम्रो पनि होइन भनेर बुझ्नुपर्‍यो।’

उनले सहमतिअनुसार कामकारबाही गर्न पनि आग्रह गरेकी छन्। ‘कारकारबाही सहमतिअनुरूप हुनुपर्‍यो। काठमाडौंको होस् वा बन्चरेडाँडाका जनता सबैलाई न्याय होस्,’ उनले भनेकी छन्।

उनले घरबाटै फोहोर व्यवस्थापन सुरू गर्नुपर्ने बताइन्। कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्नुपर्ने उनको भनाइ छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।