मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

अस्पतालले छोराको शव नदिएपछि पैसा जुटाउन भीख माग्दै

Himali Patrika 1 मिनेट पढाइ

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा ती शोकाकुल महिला र पुरुष ढोकाढोका चहारेर अरूसँग सहयोग माग्दै गरेको देखिन्छ।

अस्पतालका कर्मचारीहरूले आफ्ना छोराको शव दिन ठूलो रकम मागेको उनीहरूले भनाइ छ। छोराको शव पाउनकै लागि आफूहरू भीख माग्न बाध्य भएको उनीहरूले बताएका छन्।

अस्पतालले भने घुस मागेका भनिएका कर्मचारीमाथि कारबाही गरिने जनाएको छ। यो जोडीको हताश अवस्थाले अस्पतालमा दुर्व्यवहार खेपिरहेका र आफ्नो काम लिनका लागि घुस खुवाउन बाध्य हजारौँ गरिब भारतीय परिवारहरूको पीडा प्रतिबिम्बित गर्छ।

बाबुआमालाई मृत्युको कारण थाहा छैन

महेश ठाकुर र उनकी पत्नीले एएनआई समाचारसंस्थालाई बताएअनुसार उनीहरूका छोरा केही दिनअघि बेपत्ता भएका थिए। तर यसै साताको सुरुमा महेशलाई एक व्यक्तिले फोन गरेर उनका छोराको मृत्यु भएको जानकारी दिए।

छोराको मृत्युको कारण थाहा हुन बाँकी नै रहेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी उनलाई दिइयो।
अस्पताल पुग्दा एक जना कर्मचारीले शव दिनका लागि ५०,००० भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ।

त्यसपछि निस्सहाय ठाकुर दम्पतीले सहयोगका लागि भीख माग्ने निर्णय गरे। “हामी गरिब मान्छेले कसरी यति ठूलो पैसा तिर्ने?” छोराको अन्तिम संस्कार गर्न पाउने आशा गर्दै ठाकुरले एएनआई समाचारसंस्थासँग भने।

‘लज्जाको विषय’

यो दम्पतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले आक्रोश व्यक्त गरेका छन्। उक्त अस्पतालका चिकित्सक एसके चौधरीले घटनाबारे आफूले बुझिरहेको बताएका छन्। “यसमा जिम्मेवार पाइएका व्यक्तिलाई त्यसै छोडिने छैन,” एनडीटीभी समाचार च्यानलले उनलाई उद्धृत गरेको छ। बिबिसी नेपालीबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।