मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

म गोर्खाली हुँ, मलाई केही हुँदैन : मुख्य प्रशिक्षक अल्मुताइरी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू गोर्खाली भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आफू गोर्खाली भएको र आफूलाई केही नहुने बताएका हुन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजमा अपडेट गरेको अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्ज हुने भन्नेबारेको स्टाटस शेयर गर्दै उनले उक्त भनाइ प्रस्तुत गरेका हुन् ।

‘आइएम गोर्खाली डन्ट वरी, वान टिम जय नेपाल,’ उनले भनेका छन् ।

गएराति कुवेतमा भएको एएफसी एशियन कप २०२३ छनौँट खेलको दोस्रो खेलका क्रममा उनी एक्कासी अचेत भएर ढलेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।