मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाङमा सडक बन्द गरेर जेब्रा क्रसिङ निर्माण गर्दै विप्लव नेतृत्वको पार्टी

Himali Patrika 1 मिनेट पढाइ

दाङ । दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू सडक अवरुद्ध गरेर ट्राफिक चिन्हहरूको व्यवस्थापनमा लागेका छन् । उनीहरूले आफैँ सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् ।

बन्दकर्ता हेमन्त प्रकाश वलीले राजनीतिक दलका कार्यकर्ताहरू अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको बताए ।

“सबै साथीहरूले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,” उनले भने, “मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ ।”

दाङमा नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा आंशिक देखिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।