मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भक्तपुरमा १३ सय रोपनीमा लगाइएकाे चिनियाँ हाइब्रीड धान फलेन

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । भक्तपुरमा चिनियाँ हाइब्रीड धान लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमीनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बिउबिजन संरक्षण तथा विषादी सम्बन्धी कृषक अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका अधिकांश किसानले चाइनिज डी वाई २८ जातको हाइब्रीड धान रोपेका थिए । याे जातको हाइब्रीड धानको बिउ रोपेको खेतमा एउटा पनि दाना नलागेपछि किसान मर्कामा परेका हुन् ।

भक्तपुरका किसानले विगत चार वर्षदेखि डी वाई २८ जातको धान रोपेर पर्याप्त धान उत्पादन गरिरहेका थिए । तर, यसपटक भने डी वाई २८ जातको धानमा एउटा पनि दाना नलागेपछि परिवार कसरी पाल्ने भन्ने चिन्तामा भक्तपुरका किसानहरु छन् । भक्तपुरका किसानले सो जातको धान चार वर्षदेखि लगाउँदा कुनै समस्या नदेखिएको र स्थानीय लोकल जातको धान रोप्दा चार, पाँच मुरी धान उत्पादन हुने ठाउँमा डी वाई २८ जातको हाइब्रीड धान रोप्दा ८ देखि १० मुरी धान उत्पादन हुने गरेको छ । लोकल स्थानीय जातको बीउ बिजन लगाउन छोडेर किसान हाइब्रीड बिउमा आकर्षित हुँदा कृषि उत्पादनमा समेत समस्या आउने देखिएको छ ।

किसानलाई हाइब्रीड बिउबिजनतर्फ आकर्षित गर्नुभन्दा स्थानीय लोकल बीउ बिजनको संरक्षण गरी उत्पादन बढाउनतर्फ सरकारको ध्यान जानु अति आवश्यक रहेको छ । कृषकले पनि एकैपटक धेरै उत्पादन गर्ने लोभमा नफसेर विदेशी हाइब्रिड जातको बिउबिजनको प्रयोग नगरी स्थानीय लोकल बीउको संरक्षण गर्नुपर्ने कृषकहरुले बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।