मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

यस्तो देखियो रविले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय

Himali Patrika 1 मिनेट पढाइ

रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धाराबाट सञ्चालनमा आएको छ।

आज उक्त कार्यालयको उद्घाटन गरिएको थियो। पार्टीका सभापति लामिछानेले कार्यालय शुभारम्भ गरेका थिए।

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्। यो पार्टीमा २१ जना अन्य सदस्य पनि छन् तर नाम खुलाइएको छैन।

लामिछानेले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन्। लामिछानेले यो पार्टीको महाधिवेशन एक वर्षपछि हुने बताएका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।