मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

प्रेस सेन्टर तुलसीपुरको शाखा गठन, अध्यक्षमा दामोदर बस्नेत चयन

Himali Patrika 1 मिनेट पढाइ

प्रेस सेन्टर नेपाल दाङ, तुलसीपुर उपमहानगर शाखाको अध्यक्षमा दामोदर बस्नेत ‘राकेश’ चयन हुनुभएको छ । शाखाको पहिलो भेलाबाट बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा दीपक बोहरा, सचिव विकास डाँगी, सहसचिव सुमन केसी र कोषाध्यक्षमा भागवत भट्टराई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजेश ओली ‘रुद्र’, मदन बिक ‘मुस्कान’,देबराज कँडेल, झरना केसी, बिशाल परियार, गोपाल गिरी र इश्वर बिसी रहनुभएको छ । एक सदस्य पछि थप्ने गरी खाली राखिएको छ ।

प्रेस सेन्टरले नयाँ बिधानअनुसार पालिकामा शाखा, उपशाखा र तदर्थ शाखा गठन गर्ने क्रममा तुलसीपुरमा शाखा गठन गरेको जनाएको छ । लुम्बिनी प्रदेशमा गठन गरिएको यो सेन्टरको पहिलो पालिका शाखा हो ।

भेला उद्घाटन गर्दै सेन्टरका संस्थापक केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक समिति सदस्य अदयदीप शर्माले संविधानको रक्षा, कार्यान्वायन र विकासमा पत्रकारहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसीपुर उपमहानगर इञ्चार्ज रामबादुर दहित, अध्यक्ष खुशीराम चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शेषुराम भण्डारी, प्रेस सेन्टरका महाधिवेशन आयोजक समिति सदस्यहरु नरेन्द्र केसी, पुरन शर्मा, प्रकाश चौधरी र भुपेन्द्र ओलीले शुभकामना दिनुभएको थियो ।

त्यस्तै भेलालाई नेकपा माओवादी केन्द्र प्रदेश निर्वाचन समितिका संयोजक रामशरण चौधरी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली, तुलसीपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, प्रेस यूनियन दाङका निवर्तमान अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी दाङका सचिव प्रेमबहादुर राम्जा, चलचित्र पत्रकार संघका अध्यक्ष शिव पुन, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश ओली, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली ‘माइकल’ र माओवादी केन्द्र तुलसीपुर ५ का अध्यक्ष वेदप्रकाश ओलीले शुभकामना दिनुभएको थियो ।

भेला आयोजक समिति संयोजक दामोदर बस्नेत ‘राकेश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दीपक बोहराले गर्नुभएको थियो भने सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलले स्वागत गर्नुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।